पहिरोका कारण कर्णाली राजमार्ग बन्द

पहिरोका कारण कर्णाली राजमार्ग बन्द

सुर्खेत : कालिकोटमा वर्षासँगै आएको पहिरोका कारण कर्णाली राजमार्ग बन्द भएको छ।

खाँडाचक्र नगरपालिकाका १ को सुनार खोलामा बिहिवार बेलुका ६ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फ बन्द भएको हो ।

अहिले सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाउने काम गरिरहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ

बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ ।

प्रतिक्रिया