सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटनामा

सुर्खेतको गुर्भाकोटमा ट्रक दुर्घटनामा

सुर्खेत : दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।

साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको उद्धार भईरहेको प्रहरीको भनाई रहेको छ । हाल उनिहरुको पहिचान खुलेको छैन् ।

प्रतिक्रिया