वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत : वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जादै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउपालिका–१ का २४ वर्षीय हरीबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिँदा ऐडीको नाक, मुख र शरिरमा भित्री चोट लागि घाइते भएको र उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।

प्रहरीका अनुसार ऐडीको शुक्रबार साझ १०ः४५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

प्रहरीले मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया