कोतगढीमा सरसफाई

कोतगढीमा सरसफाई

दैलेख : जिल्ला सदरमुकामस्थित कोतगढीमा सरसफाई गरिएको छ । शनिवार विहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लागएतले कोतगढी सरसफाई गरेका हुन् । सरसफाई कार्यक्रममा पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानका युवाहरु तथा स्थानीय समेत सहभागि थिए ।

नारायण नगरपालिका–१ स्थित ऐतिहासिक र पुरातात्विक महत्वको कोतगढीमा यहि असार ९ गते सुन्दरी तोप राख्ने कार्यक्रम छ । ऐतिहासिक सुन्दरी तोप राख्न पूर्व तयारी स्वरुप कोतगढी क्षेत्रमा सरसफाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया