रुकुमपश्चिममा जिप दुर्घटना, चालक र सहचालकको मृत्यु

रुकुमपश्चिममा जिप दुर्घटना, चालक र सहचालकको मृत्यु

जाजरकोट: रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा  मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेका छन्। जिपमा चालक र सहचालक  मात्र रहेको जनाइएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भइ भेरी नदीमा खसेको हो। रासस

प्रतिक्रिया