प्रहरीलाई साक्षी राखेर पेट्रोलमा कालोबजारी, प्रशासन रमिते

प्रहरीलाई साक्षी राखेर पेट्रोलमा कालोबजारी, प्रशासन रमिते

सुर्खेत : पेट्रोलियम पदार्थको अभाव देखाएर चरम कालोबजारी भइरहदा पनि जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेत रमिते बनेका छन् । सुर्खेतमा पछिल्लो एक हप्तादेखि पेट्रोलियम पदार्थको अभाव छ ।

तर पछिल्लो केही दिन यता ढुवानी सहज हुँदा पनि वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव भने कायमै छ । पेट्रोल पम्पहरुले इन्धन लुकाएर जानाजान कालोबजारी गरिरहँदा पनि प्रहरी प्रशासन रमिते बनेको हो ।

शनिबार दिउँसै केही पेट्रोल पम्पले तेल छैन भन्दै पम्प बन्द गरे । केहीले घण्टौ लाइन लगाएर तेल बाँडे तर अन्तिममा तेल सकियो भन्दै सटर बन्द गराएर हिँडे । यसले सयौँ यात्रु र सर्वसाधारण मारमा परेका छन् ।

प्रहरीकै सामुन्नेमा पेट्रोल कालोबजारी हुँदा पनि प्रशासन रमिते बनेको छ । रुस–युक्रेन युद्धको असरले पेट्रोलको सहज ढुवानीमा समस्या भएको भन्दै पेट्रोलियम पदार्थको ओसारपसार गर्ने व्यवसायीले कर्णालीमा मनोमानी गरेपनि प्रहरी प्रशासन, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय समस्या समाधानमा उदासिन देखिएका छन् ।

घण्टौ लाइन लागेका यात्रुलाई थोरै थोरै मात्रै भएपनि पेट्रोल वितरणमा सहजता दिलाउनुको साटो प्रहरीकै अगाडि बोतल

प्रतिक्रिया