समाचार प्रकाशनपछि पेट्रोल पम्पको अनुगमन

समाचार प्रकाशनपछि पेट्रोल पम्पको अनुगमन

सुर्खेत : प्रहरीलाई साक्षी राखेर पेट्रोलमा कालोबजारी, प्रशासन रमिते समाचार पछि प्रशासनले पम्पहरुको अनुगमन गरेको छ । ज्वाशन्ेस ठटकममा समाचार प्रकाशिति पछि जिल्ला प्रशासन कार्यालय सुर्खेत र नेपाल आयल निगमले वीरेन्द्रनगर स्थित पेट्रोल पम्पहरूको अनुगमन गरेका हुन् ।

पेट्रोलमा मिसावट भएको र मेसिन बिग्रीएको भन्ने जनगुनासो आएको तथा अत्याआवश्यक परेको बेला आवश्यक पर्ने इन्धनको भण्डारण (मौज्दात) मापन गर्ने उद्देश्यले प्रशासनले अनुगमन गरेको जनाएको छ ।

अनुगमका क्रममा वुलवुले आयल स्टोरमा मौज्दात ठिक मात्रामा रहेको र मेसिन बिग्रिएकोले निर्माणका लागि पठाईएको छ । शंखर आयल स्टोरमा अहिले पर्याप्त मात्रामा तेल रहेको र वितरण भैरहेको छ ।

बोत्तल र जरकिनमा तेल नदिने नियम धेरैले पालना गरेको र सुर्खेत आयल स्टोरमा पेट्रोलको मौज्दात नराखेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत सुर्य बहादुर थापाले भनाइृ छ । थापाका अनुसार अनुसार पेट्रोलमा पानी मिसाएको भन्ने गुनासोका आधारमा पेट्रोल पम्पमा अनुगमन गर्दा मिसावट नभएको पाईएको जानकारी दिए ।

सार्वजनिक बिदा तथा शनिवारको दिन तेल नआउने, भन्सारमा पनि नयाँ नियम लागु भएको र पेट्रोल पम्पहरुमा पनि धेरै ईन्धन भण्डारण क्षमता नभएकोले केहि दिनदेखि सुर्खेतमा पेट्रोल आपुर्तिमा असहज देखिएको छ । आइतवार विदा दिने निर्णय खारेज भए सङ्गै आईतवार पनि ईन्धन आउने हुदा सहज हुदै जाने थापाले बताए ।

नेपाल आयल निगम सुर्खेतका प्रवक्ता ज्ञानेन्द्र शाहीले अहिले शंखर, वुलवुले र दिपमाला पेट्रोल पम्पबाट पेट्रोल वितरण भैरहेको र आजै अरु पम्पमा पनि १ सय २० हजार लिटर डिजेल र ६० हजार लिटर पेट्रोल वितरण गर्ने ्जानकारी दिए ।

अनुगमनका क्रममा देखिएका समस्याहरुलाई समाधान गर्न प्रशासन र आयल निगमले पेट्रोल पम्पहरुलाई मौखिम निर्देशन दिएको छ ।

 

प्रतिक्रिया