ठाटीकाँधमा बालबालिकाका लागि स्वास्थ्य शिविर

ठाटीकाँधमा बालबालिकाका लागि स्वास्थ्य शिविर

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिका–५ मा बालबालिकाहरुका लागि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सरस्वती आधारभुत विद्यालय तोलीजैसीमा शिविर सम्पन्न भएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, ठाटीकाँध गाउँपालिकाको समन्वय र एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । शिविरमा सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ४४ जना बालबालिकाहरुको दिसामा जुका, चुर्ना, औसाको किटाणु तथा लक्षणको जाँच गरिएको कार्यक्रम संयोजक जीवराज रेग्मीले बताए ।

 

प्रतिक्रिया