सुत्केरीकाे हेलिकाेप्टरमार्फत उद्धार

सुत्केरीकाे हेलिकाेप्टरमार्फत उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सातालाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको थप उपचारका लागि उद्धार गरी सुर्खेत पठाइएको निमित्त प्रजिअ थापाले बताए। अस्पतालमा अप्रेसन गरी थापाको चार केजीको बच्चा निकालिएको जनाइएको छ। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए।

प्रतिक्रिया