कपासे नजिकै बोलेर जीप दुर्घटना, एक जनाको मृत्यु

          |   प्रकाशित मितिः बुधबार, असार ८, २०७९     ::: 252 पटक पढिएको   |  

सुर्खेत : सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतकाे काम सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको   हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भएपनि उनको पहिचान खुलेको छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



Leave a comment

Your email address will not be published.


*