कर्णाली नमूना कृषक समुहलाई कृषि सामाग्री वितरण

कर्णाली नमूना कृषक समुहलाई कृषि सामाग्री वितरण

सुर्खेत : अछामको पञ्चदेवल विनायक नगरपालिका -४ का कर्णाली नमूना कृषक समुहलाई कृषि सामाग्री वितरण गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल द्धारा संचालित ग्रीन कर्णाली परियोजना अन्र्तगत कृषि सामाग्री वितरण गरिएको हो ।

कृषि सामाग्रीमा दाँते २५ वटा, ३५ लिटरका ५० वटा ड्रम, २५ वटा गार्डेन पाईप, २५ जोर पञ्जा तरकारीको बीउ लगायतका सामाग्री वितरण गरिएको कृषि प्राविधिक सम्झना थापाले जानकारी दिइन् ।

उनका अनुसार ग्रीन कर्णाली परियोजना अन्र्तगत अछामको तुर्मखाद गाउँपालिका, दैलेखको आठबीस नगरपालिका र दुल्लु नगरपालिकामा पनि सामग्री वितरण गरिएको  छ ।  २७ लाख लाख ६७ हजार आठ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएकाे बताइएकाे छ ।

कर्णाली नमूना कृषक समुहका सदस्यहरुलाई महिला मैत्री कृषि सामाग्री बितरण गरिएको छ,’उनले भनिन्, ‘ कृषि सामाग्रीसँगै पर्यावरणिय कृषि र जलवायु परिवर्तन का बिषयमा छलफल सामाजिक सेवा केन्द्र सोसेक नेपालमा संचालित ग्रीन कर्णाली परियोजना आन्तगत कृषि सामाग्री वितरण गरिएको छ ।’

प्रतिक्रिया