सिद्धार्थ बैंकद्धारा बाल हेल्पलाईन १०९८ लाई दश हजार सहयोग

          |   प्रकाशित मितिः बिहिबार, असार ९, २०७९     ::: 120 पटक पढिएको   |  

दैलेख : दैलेख सदरमुकाममा रहेको सिद्धार्थ बैंकले बाल हेल्पलाईन १०९८ लाई दश हजार सहयोग गरेको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित बाल हेल्पलाइन १०९८ लाई बैंककाे दैलेख शाखाबाट सहयोग गरेको हो ।

बालबालिकालाई तत्काल उद्धार, पुर्नस्थापना, मनोसामाजिक, विमर्श सेवा, स्वास्थ्य सम्बन्धी प्राथमिक सेवा लगायतका आपत्तकालित सेवामा काम गर्दै आएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले अभियानमा जोडिएर बाल हेल्पलाइनलाई सहयोग गरेकोमा सिद्धार्थ वैंक परिवारलाई धन्यवाद दिएका छन् ।



Leave a comment

Your email address will not be published.


*