घट्यो पेट्रोलियम पदार्थको मूल्य

          |   प्रकाशित मितिः शनिबार, असार ११, २०७९     ::: 116 पटक पढिएको   |  

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए।

सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

 



Leave a comment

Your email address will not be published.


*