वीरेन्द्रनगरका प्राथमिकता घण्टाघर मर्मतदेखि शैक्षिक हब बनाउनेसम्म

वीरेन्द्रनगरका प्राथमिकता घण्टाघर मर्मतदेखि शैक्षिक हब बनाउनेसम्म

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।

१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ बराबरको बजेटमा विभिन्न विषयलाई प्राथमिकता दिइएको छ। जसमा सडकमा हरियाली निर्माण गर्नेदेखि सिसीटिभी र हाइमास लाइट जडानदेखि आकोश पुल विस्तारसम्मका लागि सम्भाव्यता अध्ययन समेटिएका छन् ।

‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर स् स्वच्छ समुन्नत वीरेन्द्रनगर’ भन्ने मूल नारासहित वीरेन्द्रनगरले बजेट सार्वजनिक गरेको हो । नारा जबर्जस्ती मिलाउन खोजेपनि बजेटमा केही योजना पनि आकर्षक देखिएका छन् ।

सार्वजनिक सेवा चुस्त गर्ने, कृषिलाई व्यवस्थित बनाउने, पर्यटन विकासका लागि बजेट विनियोजन गरेको नगरपालिकाले सार्वजनिक सुनुवाईका लागि समेत बजेट विनियोजन गरेको छ । जसमध्ये वीरेन्द्रनगरको बजेटका ६ मुख्य विशेषता यस्ता रहेका छन्ः

पूर्वाधार विकासभन्दा व्यवस्थापनमा जोड

संघीय, प्रदेशदेखि पालिकासम्मले पूर्वाधार विकासलाई जोड दिइने गरिएको छ । वीरेन्द्रनगरले पनि पूर्वाधार विकासमै जोड दिएको स्पष्ट छ । तर वीरेन्द्रनगरमा पूर्वाधार विकास पर्याप्त भएपनि त्यो व्यवस्थित बनाउने बजेट ल्याएको छ । जसमा ढल निकासलाई प्राथमिकता दिइएको छ । यस्तै सडकमा रहेका छाडा गाई गोरुलाई व्यवस्थापन गर्ने भनिएको छ । सडकलाई हरियाली बनाउन विरुवा रोपिने कुरा समेट्नु वीरेन्द्रनगरको लागि राम्रो विषय हो ।

 साइकल लेन, पार्किङ र फूटपाथलाई प्राथमिकता

वीरेन्द्रनगरले यसपटक साइकल लेन निर्माण गर्ने कुरा बजेटमा राखेको छ । यो सहरमा निकै तातेको बहस हो । कम्तीमा वीरेन्द्रनगरले साइकल लेन निर्माण गर्ने विषय उठान गर्नु सकारात्मक पक्ष हो । यसका लागि प्रदेश सरकारसँग मिलेर वीरेन्द्रनगरले बजारमा राम्रो साइकल लेन बनाउन आवश्यक छ । यस्तै पार्किङस्थल निर्माण गर्ने, ट्राफिक लाइट थप्ने योजना पनि यसपटकको बजेटमा परेका छन् ।

शैक्षिक हबको योजना

यसपटक वीरेन्द्रनगर नगरपालिकाले ४४ करोड बजेटसहित शैक्षिक हब बनाउने योजना अघि सारेको छ । योजनाअनुसार कुनै विशेष खालको प्याकेज र विस्तृत कार्यान्वयन योजना नदेखिएपनि वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउने योजना सकारात्मक छ । विकसित देशहरु राजधानीलाई शैक्षिक पूर्वाधार र व्यवस्थापमा चनाखो बनेको देखिन्छ । कम्तीमा वीरेन्द्रनगरमा यस्तो संकेत देखिएको छ ।

घण्टाघर व्यवस्थापनलाई प्राथमिकता

वीरेन्द्रनगरको शानका रुपमा घण्टाघर छ । तर व्यवस्थापन नहुँदा घण्टाघरको अवस्था नाजुक देखिन्छ । बजेटमा उत्साह देखिएपनि घण्टाघरको सुई परिवर्तन गर्ने विषयमा बजेटमा उल्लेख छ । यसले घण्टाघर केही भएपनि अब व्यवस्थित हुने अपेक्षा राख्न सकिन्छ ।

 कृषि कार्यक्रमलाई प्राथमिकता

मेयर मोहनमाया ढकालले आफूलाई प्रोमोट गर्न मेयरसँग कृषक महिला कार्यक्रम राखेकी छन् । यसका लागि प्रविधि हस्तान्तरणदेखि अनुदान दिनेसम्मका कुरा छन् । यसबाहेक कृषि बजेटलाई प्राथमिकता दिनका लागि विभिन्न कार्यक्रम राखिएको छ । जसमा बाँझो जमीनलाई सदुपयोग गर्नेदेखि नयाँ कृषकलाई प्रोत्साहनसम्मका कार्यक्रम छन् ।

 सार्वजनिक सुनुवाई कार्यक्रममार्फत पारदर्शिताको प्रयास

नगरपालिकाका मेयर र उपमेयरले सार्वजनिक सुनुवाईका कार्यक्रम राखेका छन् । यसले नगरपालिकाभित्रको बजेट पारदर्शिताका विषयमा प्रत्यक्ष छलफल तथा बहस गराउनेछ । ढिलै भएपनि यो बजेटले नगरपालिकाका काम कारबाहीका विषयमा स्पष्ट हुने गरि काम गर्न सघाउ पुग्नेछ ।

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले औषत बजेट योजना सार्वजनिक गरेपनि यसभित्रका कमजोरी थुप्रै छन् । बजेट आउनेभन्दा पनि कार्यान्वयन कस्तो हुने रु भन्ने प्रश्न मुख्य हो । यसअघि पाँच वर्ष देखिने गरि कुनै काम प्रभावकारी नहुँदा यो बजेट पनि कार्यान्वयनमा जटिलता थपिएका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया