दैलेखका पालिकै पिच्छे राष्ट्रिय धान दिवस (फोटोफिचर)

दैलेखका पालिकै पिच्छे राष्ट्रिय धान दिवस (फोटोफिचर)

असारे १५ [फोटो कथा]

दैलेख : बुधबार असार १५ अर्थात १९ औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाईएको छ ।

दैलेखमा पनि सबै जसो स्थानीय तहहरुले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगाएतका स्थानीय तहले आआफ्नो पालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सबको आयोजना गरि मनाएका छन् ।

यस्तै महाबु गाउँपालिका, भैरबी गाउँपालिका लगाएतका गाउँपालिकाहरुले समेत आआफ्नो पालिकामा दिवस मनाएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयले पनि नारायण नगरपालिका वडा नं. ४ मा कार्यक्रम आयोजना गरेको थियो । धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगाएतको सहभागिता थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

प्रतिक्रिया