विभिन्न मुद्धामा पाँच फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्धामा पाँच फरार प्रतिवादी पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले विभिन्न मुद्धामा फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहका अनुसार फैसला भई फरार रहेका विभिन्न मुद्दाका पाँच प्रतिवादीहरुलाई पक्राउ गरिएको हो । डीएसपी शाहका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा ११ महिना कैद र १० हजार जरिवाना तोकिएका दुल्लु नगरपालिका–७ का ३२ वर्षीय भुपेन्द्र बहादुर शाहीलाई पक्राउ गरिएको छ ।

यस्तै वन सम्बन्धि मुद्दामा ८१ हजार ८ सय जरिवाना तोकिएको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का २६ वर्षीय विनोद शाही, घरेलु हिंसा मुद्दामा ५ हजार जरिवाना तोकिएको डुङ्गेश्वर गाउँपालिका–१ का ४३ वर्षीय कृष्ण बहादुर खत्री पक्राउ परेका छन् ।

त्यस्तै सम्बन्ध विच्छेद मुद्दामा १६ हजार ९ सय १२ रुपैयाँ ९९ पैसा जरिवाना तोकिएको नौमुले गाउँपालिका–८ का २७ वर्षीय नविन बुढाथोकी र अंशबन्डा मुद्दामा रु ६ हजार ५ सय जरिवाना तोकिएका नारायण नगरपालिका–१ का २७ वर्षीय सागर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । डीएसपी साहका अनुसार पक्राउ परेकाहरुलाई दैलेख जिल्ला अदालतमा पेश गरिएको छ ।

 

प्रतिक्रिया