गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट चारजना कृषक सम्मानित

गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट चारजना कृषक सम्मानित

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकाका चारजना कृषक सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट कृषि तथा पशुपंक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कारबाट त्रिवेणी गाउँपालिका वडा ५ ढोरचौर बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का सम्मानित भएका छन् । उनले नगद ५० हजार सहित सम्मान पत्र पाएका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी ४ फलाबाङमा भैसीपालन गर्दै आउनु भएका कुल बहादुर भण्डारीले २० हजार सहित सम्मान पत्र पाउनु भएको छ ।

त्रिवेणी गाउँपालिका २ का कर्ण बहादुर थापा र त्रिवेणी ६ सिमापाखाका रत्न बहादुर रेउलेले तरकारी खेतीबाट गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट रु २० हजार सहित सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सिता खड्काले पुनले कृषि क्षेत्रमा पछिल्लो समय केही सुधार देखिएको बताउँदै धेरै मेहनत गरेर राम्रो काम गरेका किसानहरूबाट अरूले पनि सिक्नु पर्ने बताए । किसानलाई प्रोत्साहन गर्न सके मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने पुनको दाबी रहेको छ ।

प्रतिक्रिया