सोसेकद्धारा १४ जना जाेखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

सोसेकद्धारा १४ जना जाेखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

दैलेख : दैलेखको भैरवी गाउँपालिका–३ का जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरिब तथा विपन्न परिवारका जोखिममा रहेका बालबालिकाहरुलाई छात्रबृति स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित बाल हेल्पलाइन १०९८ अन्तरगर्त १४ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
भैरवी गाउँपालिकाका कार्यपालिका सदस्य मन बहादुर बि.क, भैरवी गाउँपालिकाका–३ का वडा सदस्य कवि आचार्य, जनसेवा प्राथमिक विद्यालयका प्रधानाध्यापक कनक शाहीको सभागितामा शैक्षिक सामग्री वितरण गरिएको हो । अभिभावक बिहीन, आर्थिक अवस्था कमजोर भएका बालिका १४ जना बालबालिका लई शैक्षिक सामग्री बितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया