दैलेख र अछामका २५० जना किसानलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री

दैलेख र अछामका २५० जना किसानलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री


महिला तथा युवाहरुलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री वितरण गरिँदै ।

दैलेख : दैलेख र अछाम जिल्लाका दुई सय ५० जना किसानहरुलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री दिईएको छ । अछामका एक सय ४५ र दैलेखका एक सय पाँच जना किसानलाई सामग्री वितरण गरिएको हो । दैलेखको दुल्लु नगरपालिका र आठबीस नगरपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाका किसानलाई सामग्री वितरण गरिएको हो । डिसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत यी चार वटा स्थानीय तहमा ग्रिन कर्णाली परियोजना सञ्चालित छ । परियोजनाले सामग्री सहयोग गरेको हो ।

दुल्लु नगरपालिका–२ को तरिया कृषक समुहका १५, भगवती बडापोखरा कृषक समुहका २०, राजमार्ग कृषक समुहका २० जनालाई सामग्री उपलब्ध वितरण गरिएको परियोजनाको उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले बताए । यस्तै आठबीस नगरपालिका वडा नम्बर २, ३ र ९ का लाँलीगुराँस कृषक समुहका १०, कालिका आमा समुहका १०, जनचेतना कृषक समुहका १५ र कालिका कृषक समुहका १५ जनालाई सामग्री दिईएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए ।

महिला तथा युवाहरुलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री वितरण गरिँदै ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ र ९ का चिलतडा कृषक समुहका ३०, कर्णाली नमूना कृषक समुहका २५, नानाखाल कृषक समुहका ३० र सगरमाथा कृषक समुहका २० जनालाई सामग्री दिईएको छ । यस्तै अछामकै तुर्माखाँद गाउँपालिका–३ का सिद्धपाइला र त्रिवेणी कृषक समुहका २०÷२० जना किसानलाई सामग्री वितरण गरिएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । ‘जलवायू परिवर्तनको असर न्यूनिकरण तथा किसानहरुको आम्दानीमा बृद्धि हुने अपेक्षासहित किसानहरुलाई जलवायू तथा महिलामैत्री कृषि सामग्री दिईएको हो,’ उनले भने ।

किसानहरुलाई वितरण गरिएको जलवायू तथा महिलामैत्री कृषि सामग्रीहरुमा गार्डेन पाइप, पञ्जा, पलास्टिक ड्रम, दाँते, ग्लोब्स, स्थायी र अस्थायी पोलीहाउस, पलास्टिक पोखरी तथा काक्रा, टमाटर लगाएतका वीउ छन् । किसानहरुलाई झण्डै २८ लाख बराबरको सामग्री वितरण गरिएको हो । सोसेक नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले किसानहरुलाई २७ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बताए ।

महिला र विदेशीने युवाहरुलाई जीविकोपार्जनमा सहयोग पु¥याउने गरी ग्रिन कर्णाली परियोजनाले काम गरिरहेको परियोजना संयोजक रन्जिता बिसीले बताइन् । ‘जलवायू तथा महिलामैत्री पर्यावरणीय कृषि र लद्यु उद्यमहरुको प्रर्बद्धन तथा साना किसानहरु विशेष गरी महिला र युवाहरुको उत्थानशिल जीविकोपार्जनमा योगदान पु¥याउने परियोजनाको लक्ष्य हो,’ संयोजक बिसीले भनिन् ।

प्रतिक्रिया