काठमाडौं -५ बाट चुनाव लड्ने दर्शनाको घोषणा

काठमाडौं -५ बाट चुनाव लड्ने दर्शनाको घोषणा

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् ।

दर्शनाले काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन् । दर्शना २०७४ को स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरको उम्मेदवार बनेकी थिइन् ।

‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ सामाजिक सञ्जाललमा उनले भनेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’

प्रतिक्रिया