गाउँ–गाउँमा डोजर आतंक छ : मुख्यमन्त्री शाही

गाउँ–गाउँमा डोजर आतंक छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अहिले गाउँ गाउँमा डोजर आतंक मच्चिएको बताएका छन् । प्रदेश स्तरिय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिबृद्धि तालिम उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘अहिले गाउँ गाउँमा डोजर आत्तंक छ, हरेक वडाध्यक्षसँग एउटा डोजर हुन्छ, हुँदा हुँदा गाउँपालिकाले समेत डोजर किनिरहेका छन् । कुनै वातावरणीय प्रभाव मुल्यांकन बिनै सडक बनेका छन्, फलस्वरुप पानीको स्रोत सुकिसकेका छन्, विपद्का घटना घटिरहेका छन्, मुख्यमन्त्री शाहीले भने ।

अर्को प्रसंगमा मुख्यमन्त्री शाहीले पत्रकारहरुले समाजलाई तर्साउने र भड्काउने गरेर समाचार लेख्न नहुने बताए । मुख्यमन्त्री शाहीले विगतमा जनतालाई सुचनाको अभाव हुने गरेको उदारण दिँदै २००७ सालका ल्याईएको प्रजातन्त्र साविकका कर्णालीका जनताले २०११ सालमा मात्र प्रजातन्त्र आएको जानकारी पाएको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले संघले अधिकार नदिएर प्रदेशको शान्ति र अमनचयन कायम नहुने तर्क गरेका छन् । संघीय सरकारले प्रहरीलाई प्रदेश सरकारको मातहतमा रहने गरी अधिकार नदिँदा समस्या भईरहेको मन्त्री शाहीको भनाई छ । ‘संघीय कानुन र संविधानमा प्रदेशको कानुन मन्त्रालयले शान्ति क्षेत्र अमनचयन कायम गर्ने भनेर भनिएको छ, शान्ति क्षेत्र र अमनचयन गर्ने भनेको प्रहरीले हो तर यो प्रदेशलाई अधिकार छैन्, अनि प्रदेशलाई शान्ति र अमनचयन कसरी गर्ने ?’ मन्त्री शाहीले भने । मन्त्री शाहीले जटिलतालाई झेल्दै, चुनौतीलाई सामना गर्दै विपद् व्यवस्थानमा प्रदेश सरकार लागि परेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित तालिममा कर्णालीका ३० बढि पत्रकारहरु सहभागि छन् । यूरोपियन युनियनको आर्थिक सहयोग तथा यूएनडिपीको प्राविधिक सहयोगमा सञ्चालित शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी प्रतिकार्य परियोजना तथा संसद सहयोग कार्यक्रमको समन्वय तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

 

प्रतिक्रिया