गुराँस गाउँपालिकाले करार कर्मचारी हटाउँदा स्वास्थ्य सेवा प्रभावित

गुराँस गाउँपालिकाले करार कर्मचारी हटाउँदा स्वास्थ्य सेवा प्रभावित

गुराँस गाउँपालिका वडा नं. ८ को धरमपोखरास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र ।

दैलेख (गुराँस) : गुराँस गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १० औँ अभिवेशनले करार कर्मचारीको म्याद नथप्ने निर्णय ग¥यो । अधिवेशनको निर्णय नं. ८ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेबाट नविकरण नहुने उल्लेख छ । उक्त निर्णय विहिबार सार्वजनिक भयो । जागिर गुमाएका कर्मचारीहरु शुक्रवारबाट आन्दोलित बनेका छन् ।

करारका कर्मचारी हटाउँदा गाउँपालिकाको प्रशासनिक सेवासँगै स्वास्थ्य सेवा प्रभावित बनेको छ । गाउँपालिकाभर एउटा अस्पताल, ६ वटा स्वास्थ्य चौकी, ३ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र एक वटा सामुदायिक स्वास्थ्य इकाई छन् । यी मध्ये ५ वटा स्वास्थ्य संस्था करार कर्मचारीको भरमा संचालित थिए । गुराँस अस्पताल, आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु गुराँस गाउँपालिका–१ सेफ्टी, गुराँस गाउँपालिका–२ पुडेनी, गुराँस गाउँपालिका–८ धरमपोखरा र सामुदायिक स्वास्थ्य इकाई गुराँस गाउँपालिका–५ करार कर्मचारीको भरमा संचालित थिए ।

गुराँस अस्पतालमा एक जना डाक्टर, २ जना अनमी, २ जना अहेव, १ जना ल्याब र २ जना कार्यालय सहयोगी कार्यरत थिए । उनिहरुको करार सम्झौता नविकरण नहुने गरी गाउँपालिकाले निर्णय गरेपछि अहिले अस्पतालको सेवा समेत प्रभावित बनेको छ ।

करार कर्मचारीहरुको भरमा सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको सेवा पूर्ण रुपमा ठप्प भएको बताईएको छ । अन्य ६ वटा स्वास्थ्य चौकीहरुको समेत सेवा प्रभाह प्रभावित बनेको छ । नेपाल स्वास्थ्यकर्मी संघ गुराँस गाउँपालिकाका अध्यक्ष निराजन विस्टले करार सेवामा कार्यरत ४२ जना स्वास्थ्यकर्मीहरुको करार सम्झौता नविकरण नहुने गरी गाउँपालिकाले गरेको निर्णयले गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावित भएको बताए ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल शिक्षक संघ, नेपाल स्वास्थ्यकर्मी संघ र स्थानीय कर्मचारी युनियन संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा गुराँस गाउँपालिका अन्तरगर्तका ५ वटा स्वास्थ्य संस्थाहरुमा करार सेवामा कार्यरत कर्मचारीप्को करार म्याद नविकरण नभएको कारण पूर्ण रुपमा र पालिका अन्तरगर्तको ६ वटा स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बाहेक अन्य सबै सेवा पूर्ण रुपमा बन्द गरी शान्ति पूर्ण रुपमा मागहरु पुरा गर्न गाउँपालिकामा धर्ना दिने उल्लेख छ ।

नेपाल स्वास्थ्यकर्मी संघ गुराँस गाउँपालिकाका अध्यक्ष निराजन विस्टले कर्मचारीहरुको आन्दोलनमा घाइते भएकाहरुलाई उचित क्षतीपूर्ती र उपचार गरिनुपर्ने, करार कर्मचारीको म्याद थप गरिनुपर्ने र राजनीतिक प्रतिशोधका आधारमा दुःख दिने नियतले स्वास्थ्यका कर्मचारीहरुलाई कामकाजमा खटाउने निर्णय गाउँपालिकाले फिर्ता लिनुपर्ने बताए ।

प्रतिक्रिया