कालिकोटमा हाईस दुर्घटना, एक जनाको मृत्यु १० घाइते

कालिकोट : कालिकोटमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दश जना घाइते भएका छन्। मृत्यु हुनेमा गाडिका सहचालक पचालझरना-५ का २० वर्षीय तुफान बम रहेको प्रहरीले जनाएको छ।
कालिकोटको मान्माबाट नाग्म जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस खाँडाचक्र नगरपालिका–६ सिम्लेगाड खोलामा दुर्घटनामा परेको हो। दश जना घाइते मध्ये दुई जनाको अवस्था गम्भिर र उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको कालिकोटका प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए।
प्रतिक्रिया