चट्याङ लागेर १७ घाइते, ५ जनाको अवस्था गम्भिर

चट्याङ लागेर १७ घाइते, ५ जनाको अवस्था गम्भिर

दैलेख : दैलेखमा चट्याङ लागेर चार जना बालबालिकासहित १७ जना घाइते भएका छन् । आइतवार दिउँस वर्षातसहित परेको चट्याङले जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोट गाउँका १७ जना घाइते भएका छन् । आइतवार दिउँस परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएका हुन् । चट्याङले लागेर १८ वर्षमूनीका चार जना बालबालिका सहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । ‘पाँच जनालाई बढि चोट लागेको छ, गम्भिर घाइते हुनुभएका पाँच जनाको अवस्था भने खतरामुक्त रहेको छ,’ रेग्मीले भने । उनिहरुको दैलेख अस्पतालमै उपचार चलिरहेको छ । सामान्य घाइते भएकाहरुको उपचारपछि डिस्चार्ज गरिएको रेग्मीले बताए ।

घाइते सुशिला खड्काले कोदो गोड्ने खेतलाहरु घरमा बसेर दिउँसको खाजा खान लागेकै बेला एक्कासी चट्याङ परेको बताइन् । डुङ्गेश्वर गाउँपालिका–२ पूर्व वडासदस्य समेत रहेकी खड्काको आङको भाग पोलिएको छ । उनले भाग्यले बाँचेको बताइन् । स्थानीयका अनुसार चट्याङले लागेर केहि पशु चौपायाहरु मरेको बताए ।

घाइतेहरु

१. सिता खड्का (३४)
२. नर्मा खड्का (४२)
३. सन्ध्या खड्का (८)
४.चन्द्ररा मल्ल (२९)
५. इन्द्रा सिंह (३४)
६. दुर्गा खड्का (१०)
७. बसन्ती सिंह (१७)
८. चन्द्रा सिंह (४०)
९. कबिता शाही (२०)
१०. मिना खड्का (२०)
११. नरबहादुर खड्का (६३)
१२. डिलकुमारी खड्का (२१)
१३. विष्णु गाहा मगर (२८)
१४.समन गाहा मगर (४३)
१५.विना ओली (२०)
१६. सुशिला खड्का (६५)
१७. पुजा खड्का (१६)

प्रतिक्रिया