सोसेक नेपालले ग¥यो संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण

सोसेक नेपालले ग¥यो संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५ औँ संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको छ । शनिवार दैलेख सदरमुकाममा संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न भएको हो । महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेकले आफ्नो १५ औं संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षण सम्पन्न गरेको हो ।

संस्थाका आयोजना तथा तरुण मिडिया प्रालीका प्रबन्धक एवं पत्रकार विशाल सुनारको सहजिकरणमा सामाजिक तथा लैङ्गिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा सहजकर्ता विशाल सुनारले समुदायमा सञ्चालित क्रियाकलापबारे गरिएको अध्ययन प्रतिवेदन र संस्थाका उप–कार्यकारी निर्देशक बसन्त कुमार श्रेष्ठले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

जिल्ला समन्वय समिति दैलेखका उप–प्रमुख केशव बहादुर शाही, डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, भैरबी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, जिल्ला सरकारी वकील कार्यालय दैलेखका सुचना अधिकारी एवं सहायक जिल्ला न्यायाधिवक्ता रुकमेडा पोख्ररेल, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विक, सोसेक नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापा, महासचिव महेन्द्रकुमार कार्की, कोषाध्यक्ष कमला चन्दसहित संस्थाका कार्यसमिति पदाधिकारी एवं सदस्यहरु, विभिन्न परियोजना तथा कार्यक्रममा कार्यरत कर्मचारी तथा लक्षित समुदायका नागरिकहरुको सहभागिता थियो ।

संस्थागत सामाजिक तथा लैङ्गिक परिक्षणमा जिससप्रमुख केशव बहादुर शाही, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, भैरबी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता रुकमेडा पोख्ररेल लगाएतले आ–आफ्नो बिचार राखेका थिए ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले संस्थाले संस्थागत एवं समुदायस्तरमा सुधार गर्नुपर्ने सवालमा आफुहरु प्रतिबद्ध रहेको बताए । अब आधारभुत तहमा मात्र नभई माध्यामिक तहमा समेत छात्रबृति स्वरुप शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने कार्यकारी प्रमुख थापाको भनाई छ । सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना र गुराँस गाउँपालिकाले जोखिममा रहेका बालबालिकाहरुलाई समेत सहयोग गरिरहेको कार्यकारी प्रमुख थापाले बताए ।

‘बाल विवाह गर्दा महिलाहरु हिंसामा पर्ने गरेको देखिन्छ, अब बाल विवाहलाई अन्त्य गर्नुपर्छ,’ उनले भने । कार्यकारी प्रमुख थापाले विहेवारी २० वर्ष पारीको अभियानलाई सफल बनाउन आग्रह गरे । कार्यकारी प्रमुख थापाले महिला सुत्केरी हुँदा गोठमा राख्ने प्रथा अन्त्य गर्नुपर्ने बताए । सोहि अबसरमा लक्षित समुदायका नागरिकहरुले संस्थाबाट पाएको सेवा तथा सुविधाका लागि सोसेक नेपाललाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

प्रतिक्रिया