दुरविन, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा र बदेलको मासुसहित ४ जना पक्राउ

दुरविन, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा र बदेलको मासुसहित ४ जना पक्राउ

दैलेख : दैलेख प्रहरीले दुरविन, भरुवा बन्दुकमा प्रयोग हुने छर्रा, बारुद तथा बदेलको मासुसहित ४ जनालाई पक्राउ गरेको छ । आइतवार विहान सवा ११ बजे डुङ्गेश्वर गाँउपालिका–१ जर्सीचोक स्थित प्रहरी चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विकका अनुसार प्रहरीले नारायण नगरपालिका–२ कुसाडाबाट डुङ्गेश्वर गाउँपालिका–२ तर्फ जाँदै गरेको चक्र बहादुर सारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ४८१७ नम्बरको मोटरसाईकलमा पछाडी सवार डुङ्गेश्वर गाउँपालिका–२ बिजयकोट बस्ने ३३ वर्षिय बिरबहादुर गुरुङको साथबाट बदेल जस्तो देखीने ४ किलो जंगली जनावरको मासु र एक थान दुरविन फेला पारेका थियो ।

यस्तै प्रहरीले भे.२. प. ४६७९ नम्बरको मोटरसाईकल चालक नारायण नगरपालिका–१ कुसाडा बस्ने ४० वर्षीय रामु नेपाली र सोही मोटरसाईकल पछाडी सवार डुङ्गेश्वर गाउँपालिका–२ बिजयकोट बस्ने ५१ वर्षिय गोबिन्द सिंहको साथबाट बदेल जस्तो देखीने ७ किलो जंगली जनावरको मासु, २९ ग्राम कालो पाउडर (बारुद जस्तो देखीने), सानो ठुलो गरी जम्मा ९ वटा भरुवा बन्दुकमा प्रयोग हुने छर्रा, सेतो डिब्बामा एक रोल पटाका, र सलाई फेला परेको थियो ।

चारै जनाको साथबाट हातहतियार तथा खरखजाना सम्बन्धि प्रमाणमा लाग्ने चिजबस्तुहरु फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरी निरीक्षक विकले बताए ।

प्रतिक्रिया