स्तनपानको महत्वबारे अन्तरक्रिया

स्तनपानको महत्वबारे अन्तरक्रिया

केशवराज पौडेल
दैलेख (दुल्लु)  : विश्व स्तनपान सप्ताह २०२२ को अवसरमा दुल्लू नगरपालिकामा स्तनपानको महत्व विषयक अन्तरक्रिया गरिएको छ । स्वास्थ्य शाखाको आयोजना तथा सेवक दैलेख, पोषण तथा खाद्य सुरक्षा नेपालको सहकार्य र समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।

सुनौला हजार दिनका आमाहरुको उपस्थितिमा आमा र बच्चाको रोगदर घटाउने, सुनौला हजार दिनका आमाहरुको सेवा सुबिधा बढाउने लगाएतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै दुल्लू नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्यायले आमाहरुले स्तनपानमा राम्रो ख्याल पु¥याए आमा र बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउने, स्वस्थ आमा र बच्चा बन्नको लागी महत्वपुर्ण टेवा पुग्ने र आमाको दुधले बच्चाको स्वास्थ्यका लागी अमृत समान हुने बताइन् ।

कार्यक्रममा उपस्थित सुनौला हजार दिनका आमाहरुलाई दुल्लू नगरपालिकाको आर्युवेद शाखाबाट निशुल्क दुग्धबर्दक औषधी वितरण गरिएको दुल्लू नगरपालिका स्वास्थ्य शाखा प्रमुख देब बहादुर थापाले बताए ।

यसैगरि दुल्लू नगरपालिकाको आ.व ०७८/०७९ को स्वास्थ्य कार्यक्रमको बार्षिक प्रगती गोष्ठी समिक्षा सम्पन्न भएको छ । दुल्लू नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा प्राबिधिक तथा आर्थिक सहयोग युएसयआयइडी र स्वास्थ्यका लागी सक्षम प्रणलीले गरेको थियो । नगरपालिका भित्र ९ वटा स्वास्थ्य चौकी, एक अस्पताल, ४ वटा आधारभुत स्वास्थ्य केन्द्र र ३ वटा सहरी स्वास्थ्य केन्द्र गरि १७ वटा स्वास्थ्य संस्था रहेका छन् ।

कार्यक्रममा आ.व. ०७८/०७९ मा स्वास्थ्य सेवामा गरिएका तथ्यांकहरुको लेखाजोखा, स्वास्थ्य सेवा सुचारु भए नभएको, स्वास्थ्य सेवालाई डिजिटलाइजेसन गर्न सक्ने वा नसक्ने स्वास्थ्यकर्मीहरुको पहिचान, स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दा देखिएका समस्याहरु, समधानका उपाय लगाएतका विषयमा समिक्षा र छलफल भएको थियो ।

प्रतिक्रिया