सोसेक नेपालले सार्वजनिक ग¥यो २५ वर्षका २५ मुख्य उपलब्धी

सोसेक नेपालले सार्वजनिक ग¥यो २५ वर्षका २५ मुख्य उपलब्धी

२५ वर्षको २५ उपलब्धी सार्वजनिक गर्न सोसेक नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रम । 

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले २५ वर्षका मुख्य २५ उपलब्धी सार्वजनिक गरेको छ । वि.स. २०५४ मा स्थापित संस्थाले बिहीवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उपलब्धीहरु सार्वजनिक गरेको हो । संस्थाले स्थापनाको २५ वर्ष पुरा भएको अबसरमा रजत जयन्ती मनाउँदैछ । संस्थाका कार्यवाहाक अध्यक्ष मञ्जुकुमारी खड्काले उपलब्धीहरु सार्वजनिक गरेकी हुन् ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले ‘एक व्यक्ति दुई रुख’ को अभियानबाट स्थापित भई दश हजार रुपैयाँबाट क्रियाकलाप शुरु गरेकोमा हाल वार्षिक १२ करोड ७१ लाख रुपैयाँ बराबर बजेटको परियोजना तथा कार्यक्रहरु सञ्चालन गर्न सफल भएको जनाएको छ । सुरक्षित बर्थिङ सेन्टर स्थापना तथा सञ्चालन गर्ने दैलेखवाट सुरु भएको अभियानपछि नेपाल सरकारले आत्मसाथ गरी सवै वर्थिङ सेन्टर स्थापना गर्ने नीति लिएको, जोखिममा रहेका महिला र बालबालिकालाई लक्षित गरेर एम्बुलेन्स सेवा सञ्चालनलाई मुख्य उपलब्धी ठानेको छ ।

जोखिममा पछाडि पारिएका समुदाय, महिला र बालबालिका लागि स्थानीय तह र प्रदेश तहमा ऐन, नियम र कार्यविधि निर्माणमा पैरवी, संस्थाको कार्यसमिति र कर्मचारीमा महिलाको सहभागिता ५० प्रतिशत रहनु संस्थाको मुख्य उपलब्धी रहेको कार्यवाहाक अध्यक्ष खड्काले बताइन् । उनका अनुसार संस्था विपद् व्यवस्थापनका लागि दैलेख जिल्लामा अगुवाई संस्थाको रुपमा स्थापित भएको बताइन् ।

समुदायस्तरमा तमाखु विस्थापित गरी जलवायूमैत्री कृषि प्रविधिको प्रर्वद्धन, कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं सुरक्षाका लागि सहयोग, समन्वय तथा सहकार्य, दैलेख र कालिकोटमा महिला र बालबालिका केन्द्र तथा बाल हेल्पलाइन १०९८ स्थापना र सञ्चालन गर्न सफल हुनु मुख्य उपलब्धी भएको संस्थाले जनाएको छ । ‘विहेवारी : २० वर्ष पारी’ को नारा र अभियान तथा बाल विवाह विरुद्धको अभियान सञ्चालन, फिरन्ते जाती राउटे समुदायको उत्थानको लागि स्वास्थ्य शिक्षा, पोषण र सरसफाईका लागि योगदान दिईएकोलाई पनि संस्थाको उपलब्धी रहेको खड्काले बताइन् ।

संस्थाले विपन्न समुदायमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँचका लागि सहजिकरण गरेको, ‘एक घर एक धारा’ अभियान अन्तरगर्त झण्डै १० हजार धारा निर्माण गरेको, ‘मर्यादित महिनावारी’ का लागि अभियान निरन्तर सञ्चालन भईरहेको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ । उपलब्धीको रुपमा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि पहिलो पटक २०५८ मा सहभोज आयोजना तथा विभेद अन्त्यका लागि निरन्तर अभियान सञ्चालन, अर्गागिक कृषि खेतीका लागि सहयोग तथा सहजिकरण, संस्था स्थापनादेखि हालसम्म एक हजार तन सय बढि व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान र दक्ष जनशक्ति उत्पादनलाई लिइएको छ । एक जिल्लाबाट ६ वटा जिल्लामा कार्यक्षेत्र विस्तार, कृषि तथा गैरकृषि व्यवसायिक उद्यमबाट ६ हजार ५ सय युवाहरुका लागि रोजगारी सृजना, समुदाय स्तरमा गठित समुहहरुमा २ करोड बढि बचत रकम संकलन तथा परिचालनमा सहयोग गरेको संस्थाले जनाएको छ ।

सुरुवातदेखि हालसम्म २० वटा बढि अन्तराष्ट्रिय संस्थासँग साझेदारी गर्न सफल भएको, दैलेख जिल्लालाई अनिवार्य आधारभूत शिक्षा, विद्यालय शान्ति क्षेत्र कार्यान्वयन, र साक्षर जिल्ला घोषणामा सहयोग तथा सहजिकरण गर्नुका साथै खुला दिशामुक्त एवं पूर्ण खोप तथा पोषणका लागि निरन्तर गरेको कार्यपनि संस्थाले मुख्य उपलब्धीको रुपमा सार्वजनिक गरेको छ ।

कार्यवाहाक अध्यक्ष खड्काका अनुसार संस्थादे बहुअपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ । उनका अनुसार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका सवालमा कर्णाली प्रदेशमै पहिलो पटक कार्यक्रम सञ्चालन गरिएको छ । यो समुदायका बालबालिका तथा बयस्कहरुका लागि सामाजिक सुरक्षा भत्ताको लागि स्थानीय सरकारसँग पैरवी गरी नेपालमै पहिलो पटक गुराँस गाउँपालिकाबाट मासिक २ हजार भत्ता उपलब्ध गराउन सहजिकरण गरिएको कार्यलाई संस्थाले मुख्य उपलब्धीको रुपमा साजर्वजनिक गरेको छ ।

विद्यालयहरुमा बालमैत्री बसाई व्यवस्थापनमा सहयोग तथा सहजिकरण, बालमैत्री वडा तथा स्थानीय तह बनाउन कार्य गरेको, स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति नियम कार्यविधि, ऐन निर्माण सहजिकरण तथा प्रकाशनमा सहयोग र बाल कोष स्थापना गरी जोखिममा रहेका बालबालिकाहरुको संरक्षण तथा शिक्षामा सहयोग गरिएको संस्थाले जनाएको छ ।

संस्थाले दिगो विकास लक्ष २०३० अनुसार विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गरिरहेको कार्यवाहाक अध्यक्ष खड्काले बताइन् । सार्वजनिक विवरण अनुसार सोसेक नेपालले २५ वर्षको अवधिमा दैलेख जिल्ला लगायत सुर्खेत, कालिकोट, अछाम तथा सल्यान जिल्लाहरुमा संचालित विभिन्न परियोजना तथा कार्यक्रमहरुबाट एक लाख नौ हजार पाँच सय ९० घरधुरी लाभान्वित भएको छन् । तीन लाख ५२ हजार दुई सय ७० पुरुष र तीन लाख ६६ हजार छ सय ४० महिलासहित सात लाख १८ हजार नौ सय १० जना जनसंख्या लाभान्वित भएको संस्थाले जनाएको छ ।

स्वास्थ्यको क्षेत्रमा लाभान्वित घरधुरी संख्या पाँच हजार चार सय ८० रहेको संस्थाले जनाएको छ । संरक्षणमा आठ हजार चार सय ८०, जीविकोपार्जनमा ६५ हजार सात सय ५०, जलवायू परिवर्तनमा पाँच हजार चार सय ८०, खानेपानी तथा सरसफाईमा १० हजार नौ सय ६०, शिक्षामा २१ हजार नौ सय १० घरधुरी लाभान्वित भएको कार्यवाहाक अध्यक्ष खड्काले बताइन् । २५ वर्षको अवधिमा संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमबाट करिब एक अर्ब बढि खर्च बजेट खर्च भएको उनले बताइन् । २५ वर्षको अवधीमा सञ्चालित ठूला परियोजना तथा कार्यक्रमहरु ४४ वटा छन् भने विभिन्न विकास साझेदार तथा आन्तरिक कोषबाट सञ्चालित साना कार्यक्रम तथा परियोजनाहरु एक सय बढि रहेको विवरण संस्थाले सार्वजनिक गरेको हो ।

संस्थाले आत्मा साक्षी राखी मन बचन् र कर्मले सेवा गरौँ भन्ने मूल नारासहित सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तटस्थताको मुल्य र मान्यता राखेको कार्यकारी प्रमुख तथा संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । संस्थाले स्थापनाकालदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला, बालबालिका, लोपोन्मूख जाती राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा विभिन्न गतिविधि गर्दै आएको कार्यकारी प्रमुख थापाको भनाई छ । ‘नेपालको विषम् परिस्थितिमा स्थापना भएको संस्थाले समाजमा रहेका कुसंस्कार र कुरितिहरुको विरुद्ध सवालमुखिरुपमा जसको सवाल उसकै नेतृत्वको अवधारण लिंदै विभिन्न अभियान, पैरवी तथा क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ,’ उनले भने ।

प्रतिक्रिया