सुर्खेत उद्योग वाणिज्य संघद्धारा राष्ट्र बैंकको नयाँ योजनामा विरोध जनाउँदै ज्ञापन–पत्र

सुर्खेत उद्योग वाणिज्य संघद्धारा राष्ट्र बैंकको नयाँ योजनामा विरोध जनाउँदै ज्ञापन–पत्र

सुर्खेत :  सुर्खेत उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशलाई विरोध जनाउँदै ज्ञापन–पत्र बुझाएको छ। बुधबार संघले बैंकको कार्यालयमै पुगेर ज्ञापन–पत्र बुझाएको हो।

नेपाल राष्ट्र बैंकले आउँदो कात्तिक १ गतेदेखि ल्याउनलागेको लगानीमा २० देखि २५ प्रतिशतको अवधारणाको नयाँ योजना व्यवसायीहरुलाई मान्य नहुने भन्दै ज्ञापन–पत्र बुझाएको संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए।

ज्ञापन–पत्र बुझाउँदै संघका अध्यक्ष कँडेलले हिजोका दिनमा बैंकहरूले व्यवसायीहरुको चलिरहेको आर्थिक पाटोअनुसारको लगानी गर्दै आइरहेको अवस्थामा अहिले एकैपटक परिमार्जन गरेकोमा अपत्ति जनाएका हुन्।

उनले भने, ‘लगानीसम्बन्धी नयाँ योजनाको दायरालाई हटाएर नयाँ मापदण्ड लागू गर्न खोज्नु व्यवसायीहरुलाई मारमा पार्नु हो । त्यो अवधारणा तत्काल सच्याउनुपर्छ। होइन भने सबै व्यवसायीहरु आन्दोलनका लागि सडकमा आउन बाध्य हुनेछन् ।’

निवर्तमान अध्यक्ष धनबहादुर रावत, महसचिव भद्र भण्डारी तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा संघले ज्ञापन–पत्र बुझाएको हो।

प्रतिक्रिया