पर्यटकको पर्खाईमा स्वर्गकी अप्सरा ‘रारा ताल’

पर्यटकको पर्खाईमा स्वर्गकी अप्सरा ‘रारा ताल’

सुर्खेत :  कर्णालीमा अवस्थित राराताल यतिबेला पर्यटकको पर्खाईमा छ । लाखौँ हजारौँ पर्यटक रारा पुग्ने गरेका छन् । यतिबेला रारा सुन्दर रुप बोकेर पर्खिएर बसेको छ ।

दशैँ तिहारको समयमा रारामा पर्यटकको संख्या थामिनसक्नु हुन्छ । रारामा पर्यटकको संख्या बढाउन स्थानीय तह र प्रदेश सरकारले पनि पर्यटक लक्षित कार्यक्रम ल्याउन थालेका छन् ।

रारा तालमा पर्यटक बढाउनका लागि कर्णाली प्रदेश सरकारले पनि पर्यटन प्रवद्र्धनका काम गर्न थालेको छ । रारा ताल घुम्न दशैँ तिहार तथा चैत बैशाखको समय उत्तम मानिन्छ ।

प्रतिक्रिया