लैङ्गिक र युवामैत्री सेवाका लागि सेवा प्रदायकलाई क्षमता अभिबृद्धि तालिम

लैङ्गिक र युवामैत्री सेवाका लागि सेवा प्रदायकलाई क्षमता अभिबृद्धि तालिम

दैलेख : लिङ्गका आधारमा हुने हिंसा केन्द्रीत लैङ्गिक र युवामैत्री सेवाका लागि सेवा प्रदायकलाई क्षमता अभिबृद्धि तालिम दैलेखमा सुरु भएको छ । युरोपियन युनियन र अक्सफामको सहयोगमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) द्धारा आयोजित तालिम शनिवारदेखि सुरु भएको हो ।

लिङ्गका आधारमा हुने हिंसा केन्द्रीत लैङ्गिक र युवामैत्री सेवा विस्तारका लागि नेपाल प्रहरी, अदालत, सुरक्षित गृह, मनोसामाजिक परामर्शदाता जस्ता सेवा प्रदायकहरु र स्थानीय सरकारको क्षमता अभिबृद्धि गर्ने उदेश्यसहित तालिम आयोजना गरिएको वामका जेसी अधिकृत लिला खत्रीले जानकारी दिइन् । जेसी अधिकृत खत्रीका अनुसार स्थानीय तहमा लैङ्गिक र युवामैत्री सेवा सुरु गर्न सहयोग र पहल गर्ने तालिमको उदेश्य रहेको छ ।

तीनदिनसम्म सञ्चालन हुने तालिममा जिल्लाको डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिका तथा जिल्लास्थित अन्य सेवा प्रदायकहरुको सहभागिता रहेको छ । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसी, उपाध्यक्ष कलावती न्यौपाने, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मिना खड्का तथा गाउँपालिकास्थित विषयगत शाखाका प्रमुखहरु सहभागि छन् ।

यस्तै जिल्लास्थित जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, शिक्षा विकास तथा समन्वय इकाई, सोसेक नेपाल, सिएमसी नेपाल तथा नेपाल पत्रकार महासंघका प्रतिनीधिहरु तालिममा सहभागि छन् । तालिमको प्रमुख प्रशिक्षकको रुपमा ललितजंग शाही रहेको बताईएको छ ।

युरोपियन युनियन र अक्सफाम नेपालको सहयोगमा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) र युवालयको साझेदारीमा जिल्लाको डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा नेपालमा कोभिड पुनः स्थापना रणनीति र कार्यहरुका लागि युवा नेतृत्वको लैङ्गिक समावेशीकरणमा पहल कार्यक्रम सञ्चालनमा छ ।

प्रतिक्रिया