बिजयकोटका ३४ घरधुरीमा खानेपानीको सुविधा पु¥याईदै

बिजयकोटका ३४ घरधुरीमा खानेपानीको सुविधा पु¥याईदै

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ को बिजयकोट गाउँका ३४ घरधुरीमा खानेपानीको सुविधा पु¥याईने भएको छ । सोसेक नेपालले खानेपानी सुविधा पु¥याउन लागेको हो । हेल्भेटास नेपाल र सोसेक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिजयकोट खानेपानी तथा सरसफाई योजना सञ्चालन गर्न लागिएको हो । कुल २६ लाख रुपैयाँ लागतमा निर्माण हुने खानेपानी तथा सरसफाई योजनाबाट ३४ घरधुरीमा धारा निर्माण गरिनेछ ।

उक्त योजना निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ । सुर्यबहादुर गुरुङ्ग अध्यक्ष रहेको समिति गठन गरिएको हो । समितिको सचिवमा निमेश गौतम, कोषाध्यक्षमा खगिसरा सार्की तथा सदस्यहरुमा भक्तबहादुर दमाई, डिलमाया बुढा, निमबहादुर गुरुङ्ग र खगिसरा शाही रहेको छन् ।

प्रतिक्रिया