बाल विवाह र छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी सडक नाटक प्रर्दशन

बाल विवाह र छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी सडक नाटक प्रर्दशन

दैलेख : दैलेखमा बाल विवाह र छाउपडी प्रथा न्यूनिकरण सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ को पञ्चदेवल मावी र भैरबी गाउँपालिका–५ को हिमालय मावीमा सडक नाटक प्रर्दशन गरिएको हो । ‘नगरौँ विहेको कुरा भएको छैन् २० वर्ष पुरा’ र ‘विहेबारी २० वर्ष पारी’ भन्ने नारासहित नाटक प्रर्दशन गरिएको हो ।

एईआइएन लक्जेम्वर्गको आर्थिक सहयोग, सोसेक नेपालको सहजिकरण र भैरबी गाउँपालिकाको समन्वय तथा प्रगतिशिल युवा क्लबको आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा विद्यालयका शिक्षकहरु, अध्ययनरत विद्यार्थीहरु, युवा क्लब तथा आमा समुहका सदस्यहरुको उपस्थिती रहेको थियो । भैरबी गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित आधार परियोजना सञ्चालित छ ।

प्रतिक्रिया