युवाहरुलाई कुलतमा फस्नबाट जोगाउनुपर्छ : अध्यक्ष केसी

युवाहरुलाई कुलतमा फस्नबाट जोगाउनुपर्छ : अध्यक्ष केसी

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले युवजाहरुलाई कुलतमा फस्नबाट जोगाउनुपर्ने बताएका छन् । दैलेख सदरमुकाममा आयोजित युवाहरुलाई रिफ्लेक्ट सम्बन्धि सात दिने प्रशिक्षक प्रशिक्षण तालिम समापन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । ‘युवाहरुको धेरै राम्रा पक्षहरु पनि छन् तर केहि युवाहरु लागु औषध दुव्र्यसनि, कुलतमा फस्ने गरेको हामीले देखेका छौँ,’ अध्यक्ष केसीले भने ‘अब सबै मिलेर युवाहरुलाई सहि बाटोमा हिडाउनुपर्छ ।’

युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्तरर्गत युवालयद्धारा आयोजित तालिम समापन कार्यक्रममा अध्यक्ष केसीले गाउँपालिकाले युवामैत्री सेवा र युवाहरुका लागि रोजगारमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने बताए । कार्यक्रममा भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले सहभागिहरुलाई तालिममा सिकेको विषयहरु गाउँ समाजमा प्रभावकारी रुपमा सिकाउन सुझाव दिइन् ।

तालिममा भगवातिमाई र डुङ्गेश्वर गाउँपालिकका पाँच पाँच जना रिफ्लेक्टस सहजकर्ताहरुको सहभागिता रहेको युवालाय दैलेखका जिल्ला संयोजक मिना बिश्वकर्माले जानकारी दिइन् । तालिममा युवाका अधिकार प्रयोग गर्न युवाहरूको क्षमतालाई सुदृढ गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा वकालत, वित्तीय संस्थाहरू र सहकारीहरूसंग समन्वय गरि युवा नेत्तृत्व बृद्धि गर्ने लगायतका विषयमा छलफल भएको उनले बताइन् ।

तालिम लिएका सहजकर्ताहरुले भगवतीमाई र डुङ्गेश्वरका पाँच÷पाँच वटा वडाहरुमा रिफ्लेक्ट साक्षरता कक्षा सञ्चालन गर्नेछन् । युवा, महिला, अपांगता भएका व्यक्ति, आर्थिक रुपमा बिपन्न समुदायका व्यक्तिहरुलाई सहभागि गराएर सहजकर्ताहरुले कक्षा सञ्चालन गर्नेछन् । तालिमको प्रशिक्षकको रुपमा श्रोत व्यक्ति सोनालाल चौधरी थिए ।

प्रतिक्रिया