संविधान दिवसमा उद्घाटन भयो रेडियो मातृभूमि

संविधान दिवसमा उद्घाटन भयो रेडियो मातृभूमि

दैलेख : दैलेख सदरमुकामबाट प्रशारण सुरु भएको रेडियो मातृभूमि एफ.एम.को औपचारिक उद्घाटन गरिएको छ । संविधान दिवसको अबसर पारेर सोमवार रेडियो उद्घाटन गरिएको हो । रेडियो मातृभूमि सञ्चार केन्द्र नेपाल प्रा.लि.मार्फत सञ्चालनमा ल्याईएका हो । यसअघि नै परिक्षण प्रशारणको क्रममा रहेको रेडियो मातृभूमि एफ.एम. ९६.५ मेघाहर्ज आइतवार औपचारिक उद्घाटन गरिएको हो ।

‘नेपाली माटोको आवाज’ भन्ने मुल नारा बोकेको रेडियो जिल्ला न्यायाधीश बलराम लम्सालले उद्घाटन गरेका हुन् । अभिषेक अनुरागको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ताकुमारी थापा, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साह लगाएतको उपस्थिती थियो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्था, बैक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनीधि एवं पत्रकारहरु सहभागि थिए ।

उद्घाटन समारोहमा बोल्दै रेडियोका निर्देशक भिमबहादुर सिजापतिले मोफसलमा क्रियाशिल पत्रकारहरुको अगुवाईमा रेडियो स्थापना गर्न सफल भएको बताए । उनले रेडियो स्थापनार्थ सहयोग गर्न सबैमा धन्यवाद ज्ञापन गर्दै सुरुवातमा आफु र पत्रकार महेन्द्र सापकोटाले रेडियो स्थापनाका लागि परिकल्पना गरेको बताए । सिजापतिले  वर्तमान अवस्थाको प्रतिस्पर्धी युगमा रेडियोले समय सुहाउँदो नवीनतम् प्रविधिहरूको उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार र सूचना प्रवाह गर्ने बताए ।

प्रतिक्रिया