दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मुत्यु

दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मुत्यु

दैलेख : दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–२ का ४३ वर्षीय बीरबहादुर थापा र महाबु गाउँपालिका–३ का कृष्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले जानकारी दिए । उनका अनुसार मृतक थापा र बुढा नाताले सम्धी हुन् ।

बीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पु¥याउँन जाँदा भैरबी गाउँपालिका–२ ढाडेमेली भन्ने ठाउँमा खोला तर्ने क्रममा दुवैलाई खोलाले बगाएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक दुवैको शव भैरबी गाउँपालिका–१ भीरखेत खोली बजारस्थित छामघाट खोलाको पुल नजिकै खोलामा भेटिएको डिएसपी शाहले बताए । ‘दुवै जनाको शव खोलामा थियो, खोलाबाट शव निकालेर पोस्ट मार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याईएको छ,’ डिएसपी शाहले भने ।

प्रतिक्रिया