रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १० जना घाइते

रुकुम पूर्व :  जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसी वगरमा वस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट तर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर- ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताए । घाइतेको पनि पनि परिचय खुल्न बाँकी छ । आफु घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उनले  बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया