दुल्लु र चामुण्डामा मानव अधिकार समूह गठन

दुल्लु र चामुण्डामा मानव अधिकार समूह गठन

दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिरामम खड्काले मानव अधिकार प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संग सहकार्यमा काम गर्न नगरपालिका इच्छुक रहेको बताएका छन् ।

यहि असोज ९ गते इन्सेक कर्णाली प्रदेश कार्यालय मार्फत सञ्चालन हुन लागेको इएलपी परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै उनले नगरपालिकाको सामाजिक न्याय र सचेतनाको काममा इन्सेक अनप्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कार्यवाहक मेयरले सो कुरा बताएका हुन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ९ वटैमा मानव अधिकार सवाल सवलीकरण गर्न स्थानीय सामाजिक अगुवा बालीराम जैसीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार समूह सर्वसम्मतिबाट गठन गरिएको छ ।

मानव अधिकार समूहका सदस्यहरुमा महेशकुमार ज्ञवाली, चन्द्रा ज्ञवाली, लक्ष्मी तारामी, मीना नेपाली, मानकुमारी कार्की, रामसरा जैसी, दिपेन्द्र बिक, शोभा भण्डारी, पुष्पा चौलागाई र हर्कबहादुर सावद चयन भएको बताइएको छ ।

दुल्लू नगरपालिकामा असोज ८ गते भएको दुल्लू नगरस्तरीय इएलपी परियोजना परिचयात्मक कार्यक्रममा दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले समाजमा विद्यमान कुरीति कुसंस्कार हटाउन कानूनी सचेतनालाई बढावा दिनुपर्ने बताए ।

इएलपी परियोजनाका मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लूका स्थानीय सामाजिक अभियन्ता दुर्गे सार्कीको संयोजकत्वमा ११ सदस्यी मानव अधिकार समूह गठन गरिएको परियोजना सहजकर्ता कलम नेपालीले जानकारी दिए ।

समूहका सदस्यहरुमा गणेश नेपाली, माया भण्डारी, टेकबहादुर सुजी, भावना नेपाली, निर्मला बिक, टिकाकुमारी बिक, सुशीला योगी, नैनसिंह नेपाली, गीता बिष्ट र पार्वती कसेरा सर्वसम्मत रुपमा चयन भएकोे बताइएको छ ।

इएलपी परियोजनाका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापाले चामुण्डाबिन्द्रासैनी नगरपालिका र दुल्लू नगरपालिकामा परियोजनाले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसंगै वातावरण अधिकार सवाललाई प्रमुखता दिइएको जानकारी दिए ।

इन्सेकले ६ वर्ष अघि दैलेखको नारायण नगरपालिका र डुगेश्वर गाउँपालिकामा काम गरेको इएलपी परियोजना यो वर्षदेखि दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिका नयाँ कार्यक्षेमा जातीय विभेद, लैंगिक हिंसा लगायत मानव अधिकार सवालमा पैरबी गर्ने कार्ययोजना छ ।

 

प्रतिक्रिया