चामुण्डा नगरका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

चामुण्डा नगरका ४० घरपरिवार विस्थापित, ९६ घरधुरी जोखिममा

दैलेख : बडादशैंको दिनदेखि लगातार परेको बर्षातले देशभर ठूलो धनजनको क्षती भयो । मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दशैं कर्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दशैंको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देश विदेशबाट दशैं मनाउन घर आएकाहरूले परिवारमा बसेर एकापसमा खुसी नै साट्ने अवस्था भएन । दशैंको टीकाकै दिन बिहानैदेखि बर्सात सुरु भयो । यहाँका नागरिकहरुले विपद्को सामना गर्नुप¥यो ।

अविरल बर्षातका कारण कर्णालीका विभिन्न स्थानजस्तै दैलेखमा पनि ठूलो क्षती भएको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न वडा ४० घरपरिवार विस्थापित भएको छन् । नगरपालिकाका मेयर गणेश कुमार शाहीले बर्षातका कारण घर भत्किदाँ ४० घर परिवार विस्थापित भएका छन् । उनिहरु आफन्तको घरमा आश्रय लिईरहेका छन् ।

मेयर शाहीले बर्षातका कारण ९६ घरधुरी उच्च जोखिममा रहेको बताए । विपद्का कारण पीडित परिवारजनहरुलाई सहयोगको लागि कर्णाली प्रदेश सरकार तथा नेपाल सरकार र दातृ निकायहरु लगाएतसँग मेयर शाहीले आह्वान समेत गरेका छन् ।

 

प्रतिक्रिया