दैलेख–१ : एमालेका रविन्द्रराज शर्माको सुरुवाती अग्रता

दैलेख–१ : एमालेका रविन्द्रराज शर्माको सुरुवाती अग्रता

दैलेख : दैलेख क्षेत्र नं. १ मा नेकपा एमालेका रविन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका शर्मा ३१० मत सहित सुरुवाती अग्रता कायम गरेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापाले २२१ मत पाएका छन् ।

यस्तै राप्रपाकी कुन्तिकुमारी शाहीले १४ मत पाएकी छन् । अहिलेसम्म ६ सय मत गणना भएको छ । यस क्षेत्रको सोमवार विहान पौन १२ बजेदेखि मत गणना सुरु भएको थियो ।

यो क्षेत्रमा प्रतिनिधि सभाका लागि नेकपा एमालेका रविन्द्रराज शर्मा, सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाका कुन्तिकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्ग, नेपाली कांग्रेस (वीपी) का भूपालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र स्वतन्त्रहरु गोपाल नेपाली र निरखबहादुर थापा प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा नेकपा एमालेका रविन्द्रराज शर्मा, सत्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा र राप्रपाका कुन्ति कुमारी शाहीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रतिक्रिया