दैलेख–१ मा एमालेका रविन्द्रलाई पछि पार्दै एकिकृत समाजवादीका अम्मरको अग्रता

दैलेख–१ मा एमालेका रविन्द्रलाई पछि पार्दै एकिकृत समाजवादीका अम्मरको अग्रता

दैलेख : प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ दैलेखमा गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । थापाले नेकपा एमालेका रविन्द्रराज शर्मालाई पछि पार्दै अग्रता लिएका हुन् । सुरुवाती अग्रता लिएका शर्मा पछिल्लो मत परिणाम अनुसार १९ मतले पछि छन् । १७७८ मत गणना हुँदा एकिकृत समाजवादीका थापाले ८२३ मत पाउँदा एमालेका शर्माले ८०४ मत पाएका छन् ।

यस्तै राप्रपाकी कुन्ती कुमारी शाहीले ५१, नेमकिपाका प्रकाश गुरुङ ३५, काँग्रेस (बिपी) का भूपाल बहादुर थापाले ४, राष्ट्रिय स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १३ तथा स्वतन्त्र उम्मेदवारद्धय गोपाल नेपाली र निरखबहादुर थापाले समान १÷१ मत पाएका छन् । यो मतगणनामा ४५ मत बदर भएको थियो ।

प्रतिक्रिया