दैलेख–१ मा एमालेका रविन्द्रराज शर्माको अग्रता कायमै

दैलेख–१ मा एमालेका रविन्द्रराज शर्माको अग्रता कायमै

दैलेख : दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा एमालेको अग्रता कायमै छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका रविन्द्रराज शर्मा गठबन्धनका उम्मेदवार भन्दा एक सय ९५ मतले अघि छन् । ३ हजार ७ सय ५६ मत गणना हुँदा शर्माले एक हजार ७ सय २३ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा एक हजार ५ सय २८ मतसहित पछ्याईँरहेका छन् ।
यस्तै राप्रपाकी कुन्ती कुमारी शाहीले एक सय ३०, नेमकिपाका प्रकाश गुरुङ एक सय ९८, काँग्रेस (बिपी) का भूपाल बहादुर थापाले ६, राष्ट्रिय स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले २३ तथा स्वतन्त्र उम्मेदवार गोपाल नेपालीले २ र निरखबहादुर थापाले समान १ मत पाएका छन् । यो मतगणनामा एक सय ५ मत बदर भएको छ ।

प्रतिक्रिया