गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ :  गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ कुतडाँडामा लु ३ च ५३४० जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका हुन्।

ठूलो लुम्पेकबाट कुतडाँडा जाँदै गरेको लु ३ च ५३४० जिप कुढडाँडामा मंगलबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल खसेको थियो।

दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तराम, ४३ वर्षकी जमुना सोमैको मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। घाइते ४ जनालाई उपचारका लागि पाल्पा पठाइएको उनले बताए।

 

प्रतिक्रिया