अछाम २ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित

अछाम २ बाट कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित

अछाम: अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह निर्वाचित भएका छन् । शाह २३ हजार ५४  मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटी १६ हजार ३४ मत प्राप्त गरेका छन् । ७ हजार २० मतान्तरले शाह विजयी भएका छन्।

शाहले २०७४ मा भएको निर्वाचनको हारको बदला लिएका छन् । २०७४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बोगटी २१ हजार ९६५ मत प्राप्त गरेर विजयी भएका थिए । शाहले १९ हजार १०६ मत ल्याएर पराजित भएका थिए । २०७४ मा २ हजार ८५९ मतान्तरले पराजित भएका शाह यस पटक ७ हजार २०  मतान्तरले विजयी भएका छन् ।

प्रतिक्रिया