दैलेख २ (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी

दैलेख २ (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी

दैलेख : दैलेखको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। उनी एक हजार ३ सय ५ मतान्तरले विजयी भएका हुन्।

यो प्रदेशसभामा जम्मा खसेको मत २२ हजार ९ सय ४२ गणना गर्दा भण्डारी १० हजार ८ सय मतसहित विजयी भएका हुन्। प्रदेशसभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन्

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकप्रसाद रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन्।

प्रदेशसभामा निर्वाचित भण्डारीलाई सत्ता गठबन्धनको साथ थियो। यो प्रदेशसभा अन्तरगर्त दैलेखका दुल्लु नगरपालिका र भैरबी गाउँपालिका पर्दछन्।

प्रतिक्रिया