दैलेख–१ मा गठबन्धनका अम्मरबहादुर थापा विजयी

दैलेख–१ मा गठबन्धनका अम्मरबहादुर थापा विजयी

दैलेख : प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ दैलेखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका हुन् । थापा ८ सय ४९ मतान्तरले विजयी भएका हुन् ।

थापाले १८ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । थापा २०७४ को निर्वाचनमा नेकपा एमालेबाट दैलेख–१, प्रदेश सभा (क) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । हाल उनि एकिकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको भूमिकामा छन् ।

गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन् । शर्मा दैलेख–१ बाट २०७४ मा निर्वाचित भएका थिए । राप्रपा महामन्त्री समेत रहेकी कुन्तिकुमारी शाहीले ४ हजार ६ सय २ मत पाएकी छन् ।

प्रतिक्रिया