दैलेख–२ मा काँग्रेसका दिक्पाल शाही विजयी

दैलेख–२ मा काँग्रेसका दिक्पाल शाही विजयी

दैलेख : प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ दैलेखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दिक्पालकुमार शाही विजयी भएका हुन् । शाही १ सय ५३ मतान्तरले विजयी भएका हुन् । शाहीले २० हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।

गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएका नेकपा एमाले लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत प्राप्त गरेका छन् । पोखरेल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज हुन् ।

प्रतिक्रिया