कालिकोट प्रदेश सभा (क) मा (माओवादी केन्द्र) का दुर्गबहादुर रावत विजयी

कालिकोट प्रदेश सभा (क) मा (माओवादी केन्द्र) का दुर्गबहादुर रावत विजयी

कालिकोट : कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका कुर्मचार शाही पराजित भएका छन् । उनलाई नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावतले १ हजार ५९ मतान्तरले पराजित गरेका हुन् । खसेको ३१ हजार मतमध्ये रावतको पक्षमा ९ हजार ११ आएर निर्वाचित भए भने एमालेका शाहीको पक्षमा ७ हजार ९५२ आएको छ ।

कुर्मराज निकै विवादित व्यक्ति हुन् । ०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेर ११ हजार ९३५ मतसहित विजय भएका उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका थिए । एमालेले उनको सांसद पद खोसिदिएपनि उनी ६ महिना भूमि, व्यवस्था तथा सहकारी मन्त्री बने ।

मन्त्री बनिरहै बेलामा उनीमाथी बलात्कारको आरोप समेत लाग्यो । एमाले विभाजनपछि समाजवादीमा लागेका उनी टिकेट वितरण हुनुभन्दा एक दिन अघिसम्म समाजवादीकै प्रचारमा व्यस्त थिए । तर सो क्षेत्र माओवादीको भागमा पर्ने भएपछि रातारात एमाले प्रवेश गरे । उनलाई एमालेले टिकेट दिएको थियो । यद्यपि उनी पराजित भए । विजयी रावत ०७४ मा प्रतिनिधि सभा चुनाव जितेका व्यक्ति हुन् ।

 

 

प्रतिक्रिया