यी हुन्, दैलेखबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य

यी हुन्, दैलेखबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य

ग्राफिक्स : हिक्मतबहादुर नेपाली

दैलेख : प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तरगर्त मंसिर ४ गते भएको मतदानको मत गणना सकिएको छ । दैलेखका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको मत गणना सकिएको हो । दैलेख प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को मत गणना दैलेख जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा भएको थियो ।

अन्तिम मत परिणाम अनुसार दैलेखको दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र तीन वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एकिकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका छन् । उनले एमालेका रविन्द्रराज शर्मालाई पराजित गरेका छन् ।

प्रदेश सभा (क) मा नेपाली काँग्रेसका पुर्णबहादुर खत्री विजयी भएका छन् । उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई पराजित गरेका छन् । प्रदेश सभा (ख) मा एमालेका प्रेमबहादुर पराजित भएका छन् । यो प्रदेशसभाबाट काँग्रेसका कृष्णकुमार बिसी विजयी भएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट एमालेका पोलिटब्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेललाई पराजित गर्दै काँग्रेसका दिक्पालकुमार शाही विजयी भएका छन् । प्रदेश सभा (क)मा एमालेका तिलकप्रसाद रिजाललाई हराउँदै काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । प्रदेश सभा (ख)मा नेकपा एमालेका विनोदकुमार शाह विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीलाई पराजित गरेका हुन् । एमाले प्रदेश अध्यक्ष समेत रहेका शाहको जीतले जिल्लामा एमाले ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ ।

प्रतिक्रिया