दुल्लु नगरपालिकाको टिप्पर दुर्घटना, चालकको मृत्यु

दुल्लु नगरपालिकाको टिप्पर दुर्घटना, चालकको मृत्यु

दैलेख : जिल्लाको दुल्लु नगरपालिकाको टिप्पर दुर्घटनामा परेको छ । नगरपालिकाको भे १ ग ७७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । दुल्लुबाट पादुकातर्फ गईरहेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।

दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार दुर्घटनामा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षिय धनबहादुर बुढाको निधन भएको हो । दुर्घटनामा परि टाउको, खुट्टा र ढाडमा गम्भिर चोट लागेका बुढाको दुल्लु अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

दुल्लु नगरपालिका–७ का ३५ वर्षिय नगेन्द्र रावत र दुल्लु नगरपालिका–२ का ३२ वर्षिय पुर्ण थापा घाइते छन् । उनिहरुको दुल्लु अस्पतालमा उपचार भईरहेको छ । दुल्लु नगरपालिका–८ र ९ को वडा कार्यालयका लागि फर्निचरका सामग्री लिएर गएको टिप्पर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया